३१५ किमि लामो ४०० केभी प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत ३१५ किमि लामो ४०० केभी प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान गरेको छ।

विद्युत् प्रसारण लाइनको डिजाइन, आपूर्ति, जडान, परीक्षण र कार्य सम्पन्नताका लागि सम्पूर्ण इच्छुक योग्य निर्माण व्यवसायीहरूलाई सिलबन्दी टेण्डर हाल्नका लागि आह्वान गर्दै २०७९ साल मङ्सिर १२ गते खरिदसम्बन्धी सूचना प्रकाशित गरिएको थियो।

उक्त निर्माण कार्यसम्बन्धी टेण्डरलाई तीन खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन, दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि लामो प्रसारण लाइन र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि लामो प्रसारण लाइन (नयाँ बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किमिको विकल्पसहित)। टेण्डर हाल्ने अन्तिम मिति २०७९ साल चैत १३ गते तोकिएको छ।

टेण्डरसम्बन्धी सम्पूर्ण कागजपत्र इच्द्धुक योग्य निर्माण कम्पनीहरूले MCANepalPA@mcanp.org लाई बोधार्थ दिएर MCANepalPA@dt-global.com ई{–मेलमा अनुरोध गरेर प्राप्त गर्न सक्छन्।