Electricity Transmission Project Notice

सूचना

नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए नेपाल) को निर्माणाधीन ४०० के.भी. विद्युत्प्रशारण आयोजना अन्तर्गत नुवाकोट जिल्लाको साविक रातमाटे गाविस वडा नं ६ र ९ (हाल बेलकोटगढी नगरपालिका वडा नं ७) मा ४०० के.भी.सबस्टेशन निर्माणको लागि आवश्यक पर्ने जग्गा प्राप्ति गर्ने सम्बन्धमा जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ बमोजिम मिति २०७६-०६-१५ मा सूचना प्रकाशित गरिएको र सोहि ऐनको दफा १३ बमोजिम गठन भएको मुआब्जा निर्धारण समितिको मिति २०७६-१०-१५ को निर्णय अनुसार मुआब्जा निर्धारण भई जिल्ला प्रशासन कार्यालय, नुवाकोटको मिति २०७६-१०-२२ मा प्रकाशित मुआव्जा बुझ्न आउने सम्बन्धि सूचना अनुसार कामकाज भइआएकोमा हाल नोवलकोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिरहेको र नेपाल समेत उच्च जोखिममा रहेको अवस्थामा उक्त भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले मिति २०७६-१२-११ गतेदेखि देशभरी नै लकडाउन गर्ने निर्णय गरि कार्यान्वयको अवस्थामा रहेको र जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट समेत मिति २०७६-१२-११ मा निषेधाज्ञा जारी गरिएको परिप्रक्ष्यमा नेपाल सरकारको उक्त निर्णय तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जारी गरिएको निषेधाज्ञाको पालना गर्दे यस आयोजनाबाट भैआएको मुआब्जा बितरण सम्बन्धि कामकाज अर्को सुचना प्रकाशित नभएसम्मको लागि हाललाई स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ । यसबाट सम्बन्धित जग्गा धनीहरुमा पर्ने असुविधाको लागि यस आयोजना क्षमायाचना गर्दछ ।