अनुगमन तथा मूल्याङ्कन

आयोजनाहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न तथा अपेक्षित उपलब्धिको गुणस्तर एवं स्तर निर्धारणका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशनबाट अनुदानप्राप्त कम्प्याक्टहरूको विस्तृत अनुगमन तथा मूल्याङ्कन गरिन्छ । एमसीसीको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी नीति (२०१७) बमोजिम नेपाल कम्प्याक्ट अनुगमन तथा मूल्याङ्कन योजना तयार पार्ने कार्य हाल भइरहेको छ । एमसिए–नेपाल, नेपाल सरकार, एमसीसी, कार्यान्वयनमा संलग्न साझेदारहरू, लाभग्राहीहरू तथा अन्य सरोकारवालाहरू यस कार्यक्रमका उद्देश्य तथा यसले गरेका प्रगतिबारे जानकार रहेको सुनिश्चित गर्न यस योजनाले मार्गनिर्देशन गर्नेछ । यसैगरी कार्यक्रमको लक्ष्य तथा उपलब्धिबीचको अन्तरबारे उनीहरूलाई सुसूचित गर्न पनि यस योजनाले सहयोग गर्नेछ ।